काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक करिडोरहरुमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरोकारवालासँग माग गरेको छ ।
ठूला उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काट्दा उद्योग बन्द भएको र यसले हजारौं मजदुर बेरोजगर बनेको भन्दै समस्या समाधान गर्न माग गरेको हो । साथै यसको असर निर्माण क्षेत्रमा समेत नकारात्मक परेको महासंघको दाबी छ ।
राज्यबाट निर्माण कार्यको भुक्तानी नपाएको बेला उद्योगहरु बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको भन्दै महासंघले गुनासो समेत गरेको छ ।
उद्यमी नियम अनुसार महसुल तिर्न तयार रहेको अवस्थामा प्राधिकरणले लाइन काट्नु र यसमा राज्यले वेवास्ता गरेको प्रति महासंघको आपत्ति छ ।
महासंघले नेपालमा औद्योगिक वातावरण नबिगार्न समेत माग गरेको छ ।
निर्माण सामग्री उत्पादन गर्ने उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव हुने र कृत्रिम मूल्यवृद्धि हुने र यसले पूर्वाधार खर्च बढ्ने तर्फ समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
FACEBOOK COMMENTS