काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन पश्चात मतगणना जारी छ ।
जारी मत गणनामा अध्यक्षको उम्मेदवार निर्मला शर्मा २३५ मतले अगाडि रहेकी छिन् । प्राप्त पछिल्लो परिणाम अनुसार शर्माले ७४० मत प्राप्त गरेकी छिन् भने अर्का उम्मेदवार रमेश विष्टले ५०५ मत पाएका छन् ।
निर्वाचनमा नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन्।
निर्वाचनमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भएको छ । अहिलेसम्म मकवानपुर, सर्लाही, रौतहट, नुवाकोट, दोलखा, सिन्धुली, बागलुङ, बर्दिया, कपिलवस्तु, हुम्ला, मनाङ, भोजपुर, ओखलढुङ्गा, प्युठान, बैतडी, रामेछाप, नवलपरासी, खोटाङ, अर्घाखाँची, मुगु, डोल्पा, रोल्पालगायतका जिल्लाको परिणाम आएको छ ।
FACEBOOK COMMENTS