काठमाडौं । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि समग्र उपचार सेवा प्रदान गर्दै आइरहेको निर्भाना फिजिओथेरापी एण्ड वेलनेस सेन्टरले विभिन्न व्यक्ति र परिवारलाई आवश्यक सहुलियतदेखि नि:शुल्कसम्म उपचार सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।
काठमाडौंको लाजिम्पाट र भक्तपुरको सूर्यविनायकमा रहेको निर्भानाले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि समग्र उपचार सेवा प्रदान गर्दै आएको आर्क्स ग्रुपले जनाएको छ । निर्भाना फिजिओथेरापी आर्क्स ग्रुपको समाजसेवालक्षित व्यवसाय हो । यसले समाजमा थुप्रै परोपकारका काम गरेको ग्रुपका सीईओ रजुल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निर्भानाले नाफालाई केवल व्यावसायिक लाभको रूपमा नहेरी समाजसेवाको माध्यम बनाउँदै आएको छ । फिजिओ केन्द्रको नाफाबाट विभिन्न परोपकारका कार्यहरूमा सहयोग गर्दै आइरहेको उनले बताए । ‘हामी शरीरको उपचार मात्र होइन, समाजको पनि उपचार गर्न चाहन्छौँ,’ सीईओ श्रेष्ठले भने, ‘फिजिओ केन्द्रले कमाएको नाफाबाट ‘आर्क्स हेल्प’ मार्फत हामीले गरिब तथा असहाय व्यक्तिहरूको उपचार, आवश्यक वस्तुहरूको वितरण र स्वास्थ्य सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ ।’
उनका अनुसार निर्भानामा अनुभवी चिकित्सक टोली, अत्याधुनिक उपकरणहरू र सेवामा समर्पणसहित निर्भानाले पूर्वीय ज्ञान र पश्चिमी प्रविधिको उत्कृष्ट संयोजनमा सेवा पुर्याउँदै आएको छ । श्रेष्ठले भने, ‘वैकल्पिक तथा समग्र उपचार विधिको माग बढ्दो छ । यससँगै निर्भानाले अझ व्यापक समुदायमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । सेवा र सहानुभूतिको संयोजनले निर्भानालाई केवल उपचार केन्द्र मात्र होइन, जीवनशैली रूपान्तरण गर्ने अभियानको रूपमा स्थापित गराएको छ ।’
के–के छन् उपचार सेवाहरू ?
१. फिजियोथेरापी– चोटपटक, हड्डी तथा मांसपेशीसम्बन्धी समस्याको उपचार ।
२. अस्टिओप्याथी तथा कायरोप्याक्टिक सेवा मेरुदण्ड र जोर्नीसम्बन्धी उपचार ।
३. आयुर्वेदिक र प्राकृतिक उपचार जडीबुटी, जीवनशैली परिवर्तन र प्राकृतिक उपायमार्फत स्वास्थ्य सुधार ।
४. एल एण्ड बी थेरापी– दबाब प्रविधि र व्यायामको संयोजनमा आधारित नयाँ विधि ।
मुख्य सामाजिक उत्तरदायित्वका कामहरू
१. आर्थिक अभाव भएका परिवारका लागि नि:शुल्क वा सहुलियतमा उपचार ।
२. आवश्यकता भएका व्यक्तिहरूलाई खाद्यान्न तथा औषधि वितरण ।
३. स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमहरूको आयोजना ।
FACEBOOK COMMENTS