काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेशनल हस्पिटलमा आकर्षक छुट पाउने भएका छन् ।
उक्त छुट सुविधाका लागि बैंकले अस्पतालसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले भक्तपुर इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो सुविधा उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS