काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले अबको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।
आज संसद बैठकमा बोल्दै डाँगीले हजुरबुबाको पालाका नेताहरूबाट नेतृत्व हुने आशा मरिसकेकोले नँया अनुहार र नँया सोच आवश्यक रहेको बताएकी हुन् ।
‘हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लेओस् र युवा पुस्ताको भविस्ष्य सुनिश्चित गरिओस्,’ उनले भनिन्, ‘हजुरबुबाको पालाको नेताहरूको डेट एक्सपायर भइसक्यो । अबको नेतृत्व युवा पुस्ताले चाहन्छ ।’
उनले युवा पुस्तालाई रोजगारी र उद्यशीलतामा प्रोत्साहन गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
२१औँ शताब्दीका जेन्जी पुस्तालाई लक्षित सीप विकासका तालिम सञ्चालन गरिनुपर्ने डाँगीको भनाइ छ ।
‘हामी डिग्री होइन गुणस्तरीय शिक्षा चाहन्छौँ, जसले विश्वर बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाओस्,’ उनले भनिन् ।
उनले देश भ्रष्टचारले खोक्रो भइसकको भन्दै देशले चाहेको भाषण र आश्वासन नभई पारदर्शिता र सुशासन रहेको बताइन् ।
FACEBOOK COMMENTS