काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स-ट्रेलमा लागू हुनेछ ।
नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरि लागू हुनेछ ।
‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्, जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १५ लाख रूपैयाँसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।
निसान म्यागनाइट एक बिग, बोल्ड, ब्युटिफुल र कारिजम्याटिक एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो, जसमा राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिलअन्तर्गतका सुविधाहरूका साथै ८०% सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन् ।
त्यसैगरी निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयूभी हो, जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिका साथ पारिवारिक एड्भेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मज्जा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही शर्तहरू लागू हुनेछन् ।
पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालका लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलका गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS