काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् ।
नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यू गर्ने भएकी हुन् ।
उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ ।
नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् ।
भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । फिल्म सुपर हिट नभएपनि लगानी उठाएको बताइएको थियो ।
FACEBOOK COMMENTS