काठमाडौँ । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् ।
उनी भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहको आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानएको छ।
यद्यपि प्रहरीले पक्राउ पर्नेको थप विवरण खुलाएको छैन । उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । यस्तै उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।
FACEBOOK COMMENTS