काठमाडौं । एनएलजी इन्स्योरेन्सले फागुन ३ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन माघ २४ गतेसम्म सेयरधनी बन्नुपर्ने छ । कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
FACEBOOK COMMENTS