काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले १०ः ६.२५६ अनुपातमा प्रति कित्ता सय रुपैयाँका दरले ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरेको छ । कात्तिक २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलले गरेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्स्योरेन्सले तोकेको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने छ भने धितोपत्र बोर्डबाट सी आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ
FACEBOOK COMMENTS