काठमाडौं । मोदी ईनर्जी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको हो । कम्पनीले दिएको जानकारी अनुसार जेठ १६ गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीवालाहरूको लगत अद्यावधिक गर्ने लगाएतका सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ ।
यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर सूचीकृत हुन बाँकीनै रहेको छ । शेयर सूचीकरण प्रक्रियासमेत विक्री प्रबन्धकको समन्वयमा कम्पनीले पुरा गर्नेछ ।
FACEBOOK COMMENTS