काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा ५.८८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको ब्याज आम्दानी १९.१६ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन आम्दानी सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड २२ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा छ । बैंकको खराब कर्जा २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS