काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले जिम्मेवारी सम्हालेका छन् ।
हिजो मङ्गलबारदेखि सीईओबाट सुनिल केसी बिदा भएसँगै घिमिरेले जिम्मेवारी सम्हालेका हुन् ।
घिमिरेलाई बैंक सञ्चालक समितिले गत फागुनमा नै वैशाख १० २०८२ देखि सीईओ बनाउने निर्णय गरेको थियो ।
फागुन मसान्तमा तत्कालीन सीईओ सुनिल केसीको दोस्रो कार्यकाल पूरा भएको थियो । बाफिया कार्यान्वयन भएको मितिले वैशाख ९ मा ८ वर्ष पूरा हुने र दुई कार्यकालको अधिकतम अवधि पूरा हुने थियो ।
बैंकले फागुन मसान्तमा नै दोस्रो कार्यकाल सकिएको भए पनि वैशाख ९ सम्मका लागि केसीलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।
FACEBOOK COMMENTS