काठमाडौं । एनएमबी बैङ्क लि. र हिल्टन काठमाडौंबीच एनएमबी बैङ्कका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौतापत्रमा एनएमबी बैङ्कका ग्राहकहरूले हिल्टन काठमाडौंमा एनएमबी बैङ्कको कार्ड ( डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैङ्किङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
यो सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ ।
बैङ्कले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू एनएमबी बैङ्कको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
एनएमबी बैङ्कले देशभर २०२ वटा शाखा, १८७ वटा एटीएम र ९ विस्तारित काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS