काठमाडौं । एनएमबी बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलारका साथै सोलार बत्तिहरू हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा.डा.हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतलगायतले एकमुष्ट रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा एनएमबी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, रामजी अधिकारी, मानवसेवा आश्रमका महासचिव सुशीला केसी (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबी बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
एनएमबी बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ‘ग्रिन मन्थ’को रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत बैंकले दिगो कार्यको एक हिस्साको रूपमा, यो संस्थागत सामाजिक उत्तरदायित्व सो कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ । एनएमबी बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS