काठमाडौं । एनएमबि बैंकले ‘एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ती गर्दाको पर्चेज गेन’बापत एकैदिन करिब दुई अर्ब रुपैयाँ कर सरकारलाई बुझाएको छ ।
आर्थिक ऐन २०८० ले गरेको विशेष व्यवस्थाअनुरुप शुक्रबार बैंकले करबापत एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिल गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिँदा तथा अन्य बैंकलाई प्राप्ती गर्दा प्राप्त रकम र फर्दर पब्लिक अफरिङ (एफपीओ) मा थप गरिएको प्रिमियमबापत प्राप्त रकम समेतलाई आयमा समावेश गरी कर तिर्न आर्थिक ऐन २०८० ले गरेको व्यवस्थाविरुद्ध एनएमबि बैंकसहितका बैंकहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
तर, सो मुद्दाको निवेदन खारेज भएसँगै बैंकहरूले धमाधम कर तिर्न थालेका हुन् । यसैक्रममा एनएमबि बैंकले पनि ठूला करदाताको कार्यालयमा कर दाखिल गरेको हो ।
FACEBOOK COMMENTS