काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवसको मनाएको छ ।
अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सात वटै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।
कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई लेखा, वित्त, मार्केटिङ्ग, डिजिटलाइजेशन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नका लागि उत्प्रेरित गरिएको थियो ।
उपस्थित ग्राहकहरूबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्द्धन गर्नका लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आइपरेको विभिन्न समस्याहरू समाधान गर्नका लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलतका कथाहरू समेत सुनाएका थिए ।
एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले, एमएसएमई दिवस विगत तीन वर्षदेखि मनाउँदै आइरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा बैंकका बिभिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थिति थियो ।
एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ वटा शाखा, १८८ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS