काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बार्षिक १ करोड ७४ लाख रुपैयाँ बढी तलब लिएको देखिएको छ ।
सिइओ केसीले गत आर्थिक बर्ष २०७७-७८ मा १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ तलव तथा भत्ता बुझेका छन् ।
सीईओ केसीले तलव बापत ६९ लाख ३६ हजार रुपैयाँ, संचय कोषवापत ६ लाख ९३ हजार ६ सय रुपैयाँ, भत्ता वापत ६६ लाख ९४ हजार, बोनस तथा वेल्फेयर वापत २९ लाख ८५ हजार ७०५ रुपैयाँ र अन्य १ लाख ८३ रुपैयाँ गरी कूल १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ लिएका हुन् ।
FACEBOOK COMMENTS