काठमाडौं । एनएमबि बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बोन्ड ९ग्रिन बोन्ड० जारी गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय निकायहरु अन्तर्राष्ट्रिय वित्त निगम, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र मेटलाइफसँगको साझेदारीमा बोन्ड जारी गर्न लागेको जनाएको छ ।
बैंकले ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ अंकित हरित बोन्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बोन्ड जारी गरी प्राप्त हुने रकम सौर्य उर्जा, नवीकरणीय ऊर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनामा लगानी विस्तार गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS