काठमाडौं । एनएमबी बैंक र काङ हाइड्रोपावर कम्पनीबीच ताप्लेजुङको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्ने समझदारी भएको छ ।
एनएमबी बैंकको तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङका प्रमुख दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपश्चात् एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदान प्रदान गरे ।
कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयसीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।
यस्तै, कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले एनएमबी बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवाखोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धतासमेत जाहेर गरे ।
एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट जारी ‘वातवारणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशका, २०२२’ को निर्देशनअनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सोबमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नका लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।
FACEBOOK COMMENTS