काठमाडौं । एनएमबी बैंकले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न एनएमबी बैंक र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार आयोजनामा एनएमबी बैंकको एकल लगानी रहने छ । उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने बताइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहने छ ।
सम्झौताका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन् । सीईओ घिमिरेको आग्रहलाई कम्पनीका अध्यक्ष शरद कुमार दाहाल तोकिएको लागत र समयसीमाभित्रै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले वित्तिय व्यवस्थापनमा सहयोग गरेकामा सीईओ घिमिरे र बैंकलाई धन्यवाद ज्ञापन गरे ।
FACEBOOK COMMENTS