काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेमा अब एनएमबी बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
आईएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई पेमा पैसा लोड गर्न सकिनेछ।
ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुचारु गरिएको जनाइएको छ।
FACEBOOK COMMENTS