काठमाडौँ । खल्तीले एनएमबी बैंकसँगको सहकार्यमा एनएमबी बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ।
अब एनएमबी प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिंक गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।
खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबी बैंक लिंक गरे बापत रू. १०० बोनस पाउनेछन्। साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।
बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि लागू हुनेछ।
साथै, यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्कीड्र मार्फत स्मार्टफोन पनि जित्नेछन्। खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्ने बैंकले जनाएको छ।
FACEBOOK COMMENTS