काठमाडौँ । नेपाल मोन्टेसरी ट्रेनिङ सेन्टर (एनएमटीसी) ले आफ्नो २५औँ वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलमा सम्पन्न गरेकाे छ । कार्यक्रममा बालशिक्षा क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरूको उपस्थिति थियो ।
निर्देशक पवित्रा लिम्बूले एनएमटीसीको २५ वर्षको योगदान तथा भविष्यका लक्ष्यबारे प्रकाश पार्दै आधुनिक शिक्षण प्रविधि समावेश गर्ने र नेपालभर बालशिक्षाको गुणस्तर सुधार्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएमटीसीको अग्रणी भूमिकाको प्रशंसा गरे ।
त्यस अवसरमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्दै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।
समारोहमा न्यूरोडेभलपमेन्टल डिसअर्डर, भाषिक–सुनाइ विकास र मोन्टेसरी शिक्षणका विविध पक्षबारे सेमिनार प्रस्तुत गरिएको थियो ।
अन्त्यमा अन्तरक्रियात्मक छलफल तथा नेटवर्किङ सत्रले सहभागीहरूलाई नवीन विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्यो ।
FACEBOOK COMMENTS