काठमाडौं । भ्रष्टाचारविरुद्ध कठोरताका साथ उत्रिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
‘कुनै पनि कोणबाट भ्रष्टाचारको प्रक्रिया सहन गरिने छैन। यसमा आफू भ्रष्टारबाट मुक्त हुने। नियन्त्रणका लागि जति भूमिका खेल्नुपर्ने हो त्यसमा भूमिका खेल्ने छौं’, मन्त्री श्रेष्ठले भने।
त्यसैगरी अपराध नियन्त्रणमा पूर्ण जिम्मेवारीका साथ काम गरिने पनि उनले बताए।
‘लोकतान्त्रिक समाजमा हामीले अपराधलाई छुट दियौं भने त्यो अराजकमतामा परिणत हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘अपराधलाई कुनै पनि हालतमा छुट दिने छैनौं। यो हाम्रो प्राथमिक काम हो। अपराधमा मोलाहिजा, उदार र सम्झौता हुँदैन।’
उनले अपराध नियन्त्रणमा उदारता अपनाउने वा सम्झौता गर्ने छुट कसैलाई नभएको समेत बताए । अपराध नियन्त्रण मन्त्रालयको प्रमुख जिम्मेवारी भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘कसैले कुनै प्रकारको मोइलाजा गर्ने, उदारता अपााउने वा सम्झौता गर्ने छुट दिइने छैन ।’
भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाइने उनले बताए । आफू भ्रष्टाचार मुक्त हुने र अरुको हकमा भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो सीमामा रहेन भूमिका खेल्नुपर्ने भन्दै मन्त्री श्रेष्ठले भने, ‘कुनै पनि कोणबाट भ्रष्टाचार सहन गरिने छैन ।’
समयप्रति आफू प्रतिवद्ध रहेको भन्दै उनले ५ मिनेट त हो नि भन्ने छुट दिन नसक्ने बताए । पद जिम्मेवारी पालना भएको भन्दै उनले यसको दुरुपयोग नगर्न तथा समानता र मानवियताका आधारमा सम्बन्धहरु राख्न निर्देशन समेत दिए ।
FACEBOOK COMMENTS