दमक । निर्वाचन क्षेत्र झापा–५ मा रास्वपा बरिष्ठ नेता बालेन शाह बिजयी भएका छन् ।
३१ हजार मत गणनाअघि नै उनी बिजयी भैसकेका छन् । औपचारिक नतिजा आउनुअघि नै उनी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ३५ हजार मतान्तरले अगाडि छन् ।
गन्नुपर्ने मतभन्दा मतान्तर नै धेरै भएपछि औपचारिक रुपमा कति मतान्तर र मतको संख्या बालेन र ओलीको पक्षमा पर्छ भन्ने निधो गर्नुअघि नै बालेन बिजयी भैसकेका छन् ।
शनिबार १२ बजेसम्म ७५ हजा३७७ गणना गर्दा ओलीले १२हजार ६९९ मत ल्याउँदा बालेनको ४७हजार ७७९ मत ल्याएका छन् ।
मतान्तर ३५ हजार ८० को छ । अब गणना हुन बाकी ३० हजार ९९५ मत मात्र हो । उक्त क्षेत्रमा १ लाख ६ हजार ३७२ मत खसेको थियो । एमालेले बालेनको बिजय भैसकेको नैतिक जिम्मेवारी लिएर शनिबार बिहानै बधाई दिएको थियो ।

FACEBOOK COMMENTS