काठमाडौं । लामा पेट्रोल पम्प नारायणटारमा पेट्रोलका लागी लाईन बसेका नेपाल टेलिभिजनका एक कर्मचारी दशैको आसपासमा प्राय जसो पेट्रोलियम पदार्थको समस्या हुने गरेको बताउदै बेलैमा आफ्नो मोटरसाईकलमा तेल हाल्न पाए सहज हुने बताउँछन् । उनले विगतमा दशैको टिकाको दिन पेट्रोल नहँुदा आवत जावत गर्न कठिनाई भएको सुनाउँछन् ।
त्यसो त सवारी साधन पनि त्यस दिन कमै मात्रामा चल्ने हँदा यो समस्या आएको अनुमान पनि उनी गर्छन् ।यो वर्ष पनि त्यस्तै हुने हो कि भन्ने आशंका गरिरहँदा नेपाल आयल निगमले भने दसैं तिहार तथा छठपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने बताएको छ।
चाडपर्वको बेला पेट्रोलियम पदार्थको सहज रूपमा विक्री वितरणको व्यवस्था मिलाउन सम्बन्धित कार्यालयलाई जानकारी दिएको निगमले बताएको छ।
निगमले दिएको जानकारी अनुसार डिपोहरू स्थानीय आवश्यकताको आधारमा खुला रहने छन्।
पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिए पेट्रोल डिजेल र मट्टितेलको लागि पुस्कर कार्की लाई ९८५११०७६६६ नम्बरमा र खाना पकाउने एलपी ग्यास र हवाई इन्धनका लागि राजु श्रेष्ठ लाई ९८५११३८४०६ नम्बरमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ।
FACEBOOK COMMENTS