काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोको ओस्लोमा भएको नोबेल शान्ति पुरस्कार समारोहमा अनुपस्थित भएकी छन् ।
सुरक्षा कारणले लुकेर बसेकी माचाडोको ठाउँमा उनकी छोरी आना कोरिना सोसाले नोबेल शान्ति पुरस्कार लिएकी थिइन् ।
समारोहमा नर्वेली नोबेल समितिका अध्यक्ष जोर्गेन भाटेन फ्राइडनेसले माचाडोले कार्यक्रममा आउने आफ्नो सक्दो प्रयास गरेपनि यहाँ पुग्नु उनको लागि अत्यन्तै जोखिमपूर्ण भएकोले नआएको जानकारी दिएका थिए ।
माचाडोलाई विगत एक वर्षदेखि सरकारले निशाना बनाएको छ । गत जनवरी ९ मा उनलाई छोटो समयको लागि हिरासतमा राखिएको थियो, त्यसपछि उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।
नोबेल वेबसाइटमा जारी गरिएको माचाडोको फोन कलको अडियोमा उनले भनिन्( ुधेरै मानिसहरूले मलाई यहाँ ल्याउन आफ्नो ज्यान जोखिममा पारे । यो पुरस्कार भेनेजुएलाका जनताको संघर्षको सम्मान हो । उनले आफु आफ्नो परिवार र समर्थकहरूलाई भेट्न चाँडै ओस्लो जाने समेत बताएकी छन् ।

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेनी, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ, पनामाका राष्ट्रपति जोसे राउल मुलिनो र पाराग्वेका राष्ट्रपति स्यान्टियागो पनि समारोहमा उपस्थित थिए । उनीहरूको उपस्थितिले माचाडोको लोकतान्त्रिक संघर्षको समर्थनको प्रतीक थियो । ६२ वर्षीया माचाडोलाई लोकतान्त्रिक परिवर्तनको लागि उनको साहसी प्रयासको लागि पुरस्कार प्रदान गरिएको थियो । उनले विपक्षी प्राथमिक चुनाव जितेर राष्ट्रपति निकोलस मादुरोलाई चुनौती दिएकी थिइन्, तर सरकारले उनलाई उम्मेदवार हुनबाट रोक लगायो । उनको ठाउँमा पूर्व कूटनीतिज्ञ एडमन्डो गोन्जालेजलाई नियुक्त गरिएको थियो, जसले पछि स्पेनमा शरण लिएका थिए ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार एजेन्सीहरू र धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले भेनेजुएलामा विपक्षी नेताहरूविरुद्ध दमनकारी कार्यहरू र राजनीतिक उत्पीडनको बारेमा चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय निर्वाचन परिषद्ले जुलाई २८, २०२४ को चुनावमा मादुरोलाई विजेता घोषित गरेपछि दमन तीव्र भएको छ ।

नोबेल पुरस्कार इतिहासमा यो पहिलो पटक होइन कि कुनै विजेता समारोहमा उपस्थित हुन असमर्थ भएको छ । धेरै राजनीतिक कारण र दमनकारी परिस्थितिका कारण यस्ता घटनाहरू पहिले पनि यस्ता घटना भएका छन् ।

FACEBOOK COMMENTS