काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले ओस्लोमा हुने पुरस्कार समारोहमा उपस्थित नहुने भएकी छन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारको उत्पीडनमा परेकी माचाडो गत वर्षदेखि लुकेर बस्दै आएकी छिन् र उनको हालको अवस्था अज्ञात रहेको छ । उनका प्रतिनिधिले नोबेल समारोहमा माचाडो उपस्थित नहुने बताएको सिएनएनले उल्लेख गरेको छ ।
नर्वेजियन नोबेल संस्थानका अनुसार माचाडोकी छोरीले पुरस्कार स्वीकार गर्नेछिन् र आफ्नी आमाको तर्फबाट भाषण दिनेछिन् । आयोजकहरूको एक विज्ञप्तिले माचाडो समारोहमा उपस्थित नहुने भए पनि, उनी कुनै समयमा ओस्लोमा हुने विश्वास व्यक्त गरेका छन् ।
आयोजकले समारोह उनी उपस्थित हुन नसक्ने तर उनी सुरक्षित रहेको र ओस्लोमा अनलाइन सामेल हुने पुष्टि गरेको छ ।
माचाडोले भेनेजुएलामा लोकतान्त्रिक अधिकारको अथक प्रवर्द्धन गरेको र ‘तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न उनको संघर्षको लागि’ यस बर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन् । माचाडोले नोबेल शान्ति पुरस्कार पाएपछि उनी पुरस्कार लिन उपस्थित हुने विषय शुरुदेखि नै चर्चाको विषय बनेको थियो ।

नोबेल पुरस्कार विजेताले ११ मिलियन स्विडिश क्रोनोर अर्थात लगभग १.१७ मिलियन डलर नगद पुरस्कार पाउने गर्दछन् । नोबेल शान्ति पुरस्कार विजेतालाई आज नर्वेको ओस्लोमा विशेष कार्यक्रममा पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

FACEBOOK COMMENTS