काठमाडौँ– आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ ।
४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो । यसपछि सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलाइन्स छ ।
निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो भने नेपाल एयरलाइन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोरेको थियो ।
यसपछि, तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानले ३९ करोड ५४ लाख रुपैयाँ घाटा बेहोर्दा दुग्ध विकास संस्थानले ३७ करोड घाटा बेहोरेको छ । यसैगरी, नेपाल औषधि लिमिटेडले १३ करोड ८७ लाख रुपैयाँ घाटा बेहोरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको र १९ वटा भने घाटामा रहेको अर्थमन्त्री डा।प्रकाश सरण महतले बताएका छन् ।
FACEBOOK COMMENTS