काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना सम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीले २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
फागुन मसान्तसम्म १८ लाख ४३ हजार ४५६ वटा बीमालेख जारी गरेर उक्त रकम बीमाशुल्क आर्जन गरेका हुन् । बीमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेर पहिलो स्थानमा छ ।
यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४४ लाख, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड ५ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड ३९ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३७ करोड ६० लाख बीमाशुल्क आर्जन गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड २४ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड ३५ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड १५ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड ९१ लाख, , सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड १० लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेक छन् ।
FACEBOOK COMMENTS