काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.२८ अंकले बढेर दुई हजार ६ सय ३३ दशमलब ६६ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र न्यादि हाइड्रोपावर रहेको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१.४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ र न्यादि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज आईसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज १४ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS