काठमाडौं, ७ भदौ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार छ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज बढेर तोलामा ११९० कायम गरिएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS