काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।
आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।
उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० ले र भुटानलाई १०–० गोलले पराजित गरेको थियो ।
यो जितसँगै समुह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू–२० महिला एसियन कपमा छनौट भएको छ ।

त्यस्तै नेपाल समुह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १–० गोलले पराजित गरेको थियो ।

FACEBOOK COMMENTS