काठमाडौँ । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ ।
यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा र आक्रमणका धेरै घटनाहरू रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।
२८ बर्षिय मारियस होइबीलाई गत वर्ष अगस्ट ४ मा आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो ।
त्यसबेलादेखि प्रहरीले उनीसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान गरिरहेको छ । मारियस होइबीको जन्म युवराज्ञी मेट्टे मारिट र युवराज हाकोनको विवाहपूर्व सम्बन्धबाट भएको थियो ।
सरकारी वकिल स्टर्ला हेनरिक्सबोले मारियसमाथि धेरै महिलाहरूको जानकारी र सहमति बिना उनीहरूको गुप्तांग गोप्य रूपमा खिचेको आरोप पनि रहेको बताएकी छन् ।
यी अपराधहरूको लागि उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS