काठमाडौं । यस वर्षको दशैंका लागि आउँदो असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ । असोज १३ देखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । असोज १३ बाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।
सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रूपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रूपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यस वर्ष भने एक पटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । यी नोट एकपटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोटजस्तै हुनेछन् ।
हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यस पटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।
FACEBOOK COMMENTS