काठमाडौं । लन्डनस्थित उपभोक्ता प्रविधि ब्रान्ड नोथिङले मंगलबार नेपालमा आफ्नो नयाँ स्मार्टफोन नोथिङ फोरबी लन्च गरेको छ । यस अवसरमा ग्राहकहरूले पाँच हजार ९९९ मूल्य पर्ने सीएम बड्स (टुए) निःशुल्क उपहार प्राप्त गर्नेछन् ।
नोथिङको बी सिरिजअन्तर्गतको पहिलो स्मार्टफोनका रूपमा आएको फोन फोरबीले सफल सिरिजको निरन्तरता कायम गर्दै उत्कृष्ट डिजाइन, शक्तिशाली दैनिक प्रदर्शन, स्मार्ट सफ्टवेयर तथा दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नोथिङको पहिचान बनेको यसमा शक्तिशाली स्नापड्रागन प्रोसेसर, अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री, ५० मेगापिक्सेल मुख्य क्यामेरा, १२० एचजेड डिस्प्ले, तथा नोथिङ ओएससँगै इसेन्सिएल एआइ सुविधा रहेका छन् ।
आकर्षक तथा प्रिमियम डिजाइन
२० भन्दा बढी डिजाइन अवधारणामध्ये छनोट गरिएको अन्तिम डिजाइनले सरलता, मजबुती र प्रयोगकर्ताको सहजतालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । पारदर्शी क्यामेरा मोड्युल, थ्रीडी कर्भ्ड एज, इको पोलिकार्बोनेट युनिबडी तथा तीन तहको सुरक्षात्मक कोटिङले फोनलाई आकर्षक, बलियो तथा फिंगरप्रिन्ट प्रतिरोधी बनाएको जनाइएको छ ।
धुलो तथा पानी प्रतिरोधी सुरक्षा र ६०० न्यूटनसम्मको दबाब सहन सक्ने मजबुती रहेको फोन कालो, सेतो र निलो तीन आकर्षक रंगमा उपलब्ध हुनेछ ।
अझ परिष्कृत रूपमा समावेश गरिएको फोनले ब्राइटनेस प्रदान गर्दै सूचना, चार्जिङ स्थिति, रेकर्डिङ तथा व्यक्तिगत अलर्टहरू सजिलै देखाउन सक्षम रहोको बताइएको छ ।
यसले पटक पटक स्क्रिन हेर्नुपर्ने आवश्यकता घटाउँदै प्रयोगकर्तालाई कम विचलित हुने अनुभव प्रदान गर्दछ ।
कम्पनीले जनाएअनुसार यसमा अहिलेसम्मकै ६,००० एमएएच ब्याट्री रहेको छ । करिब १८ घण्टा मिश्रित प्रयोग गर्न सकिने फोनमा २२ घण्टासम्म यूट्युब र २६ घण्टासम्म इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ ।
फोनलाइ करिब ३० मिनेटमा ५० प्रतिशत तथा एक घण्टाभन्दा केही बढी समयमा पूर्ण चार्ज गर्न सकिने जनाइएको छ ।