काठमाडौँ ।अमेरिका र ब्रिटेनका ३ अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। विजेताहरूमा टर्किमा जन्मिएका अमेरिकी नागरिक डेरन एसोमोग्लू, ब्रिटेनमा जन्मिएका अमेरिकी नागरिक साइमन जोनसोन र ब्रिटेनका जेम्स ए रोबिनसनलाई अर्थसास्त्र तर्फको नोवेल पुरस्कार प्रदान गरिएको हो।
यिनीहरूलाई अलग(अलग राजनीतिक र सामाजिक संस्थाहरू बन्ने र उसको समाजिक विकासमा पर्ने असरका बारेमा अनुसन्धान गरेबापत पुरस्कार वितरण गरिएको थियो।
तीन अर्थशास्त्रीहरूले कसरी गरीब देशहरू वर्षौँसम्म पनि दिनप्रतिदिन झन गरिब र धनी देशहरू दिनप्रतिदिन झन धनी भइरहेका छन् भनेर अनुसन्धान गरेको बताइएको छ।
विजेताहरूले राजनीतिक संस्थाहरूले समाजमा पर्ने ३ तरिकाको असरका बारेमा सुझाएका छन्।
पहिलो रिसोर्सेस कसरी बाँड्ने। समाजमा फैसला लिने शक्ति को सँग रहेको छ। यो आधारमा धनी धनी वर्ग र आम जनताको बीचको संघर्ष रहने गरेको छ।
दोस्रोस् जनता संगठित भएर सत्ताधारी वर्गलाई धम्क्याउने। जसले गर्दा सत्ता बाध्य भएर आफ्नो भनाइ मनाउने। यसबाट समाजको तागत केवल केही फैसला लिएकै भरमा सीमित हुँदैन।
तेस्रोस् कयौँ पटक धनीहरूले सत्तालाई बसहमा पार्ने र जनताको आक्रोश बढ्दा जनतालाई फैसलाको अधिकार सुम्पन्ने गर्ने गरेका छन्।
यसअघि २०२३ को नोबेल पुरस्कार अमेरिकाकी क्लोडिया गोल्डिनलाई मिलेको थियो। उनीहरूले मार्केटमा महिलालाई कामकाज तथा उनको योगदानको वृहत तरिकाले सम्झाएवापत पुरस्कार दिएको थियो।
FACEBOOK COMMENTS