२१ असोज, काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।
गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।
उनले १० उपन्यास लेखेका छन् र धेरै छोटो कथाहरु पनि लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीको समस्यालाई उल्लेख गरिएको छ ।
उनि सन् १९४८ मा जन्मेका र उनको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो ।
FACEBOOK COMMENTS