काठमाडौं । अब लामो दुरीका सवारी चल्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै अब माध्यम तथा लामो दुरीका सवारी साधन चल्ने पाउने जनाएको छ ।
सरकारको साउन ४ गतेको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाका कायृक्रम भएकोले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउने सुविधा दिएको हो ।
कार्यालयले यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा काउन्टरबाट टिकट काटेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS