काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद फिनल्याण्ड जाने कार्यक्रम एकाएक रद्द भएको छ ।
‘विशेष कारणबस परराष्ट्रमन्त्रीको उक्त कार्यक्रम रद्द भएको बताइएको छ । सत्ता गठबन्धनमा देखिएको आन्तरिक समस्याका कारण भ्रमण रद्द भएको बताइएको छ ।
‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयको जारी सूचनामा उल्लेख छ ।
मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा मन्त्री साउद जाने कार्यक्रम थियो ।
आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।
सभापति देउवाले सबै मन्त्रीलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री छन् ।
FACEBOOK COMMENTS