काठमाडाैँ । नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । सोमबार सुदुरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलसँगै प्लेअफको समिकरण पूरा भएको हो । अब लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो ।
सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो । शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबिच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल पुस ६ गते हुनेछ । प्रभावकारी रुपमा मानिएका विराटनगर, पोखरा र काठमाडौं , लुम्बिनी लायन्स र चितवन लिगचरणबाटै बाहिरिएका छन् ।
FACEBOOK COMMENTS