काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध फिल्डिङ रोजेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलका निम्ति भएको टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङको निर्णय गर्दै चितवनलाई ब्याटिङको निम्तो दिए ।
विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।
विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।
दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

FACEBOOK COMMENTS