काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अक्सनमा १६४ खेलाडीलाई प्रस्तुत गरिएको थियो । जसमा क्याटोगरी ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किनेका हुन् ।
अक्सनमा मोहमद आदील आलम,देव खनाल, अर्जुन साउद र पवन सराफलाई फ्रेन्चाइजीले उच्च मुल्य १५ लाखमा किनेका छन् । आदीललाई काठमाडौँ गोर्खाजले किनेको छ भने देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले किनेको छ । त्यस्तै पवन सराफलाई कर्णाली याक्सले किनेको छ ।
चितवन राइनोज
१- देव खनाल- १५ लाख
२- अर्जुन साउद- १५ लाख
३- विपिन रावल- ५ लाख
४ विपिन आचार्य- २ लाख
५- रन्जीत कुमार- २ लाख
लुम्बिनी लायन्स
१- दिलिप नाथ- १० लाख
२- बिशाल पटेल- ५ लाख
३- शेर मल्ल- १० लाख
४- दुर्गेस गुप्ता- ५ लाख
५- आदील खान- २
सुदूरपश्चिम रोयल्स
१- हेमन्त धामी- १० लाख
२- टेक बहादुर रावत- २ लाख
३- दिपेन्द्र थापा – २ लाख
४- दीपक बोहोरा- ५ लाख
५- मिलन बोहोरा- ५ लाख
विराटनगर किंग्स
१- सुर्य तामाङ- १० लाख
२- सहिल पटेल- ५ लाख
३- नारायण जोशी- ५ लाख
४- श्रवण किस्कु- २ लाख
५- शंकर राना- ५ लाख
काठमाडौँ गोर्खाज
१- उत्तम थापा मगर- ३ लाख
२- तुलबहादुर थापा- २ लाख
३- सन्तोष यादव- ५ लाख
४- आकाश त्रिपाठी- ७ लाख
५- मोहमद आदील आलम- १५ लाख
जनकपुर बोल्ट्स
१- सचिन भट्ट- २ लाख
२- आदित्य महता- ५ लाख
३- मयन यादव- ७. ७५ लाख
४- विकास आग्री- २ लाख
कर्णाली याक्स
१- पवन सराफ- १५ लाख
२- इमरान सेख- २ लाख
३- दीपक डुम्रे- २ लाख
४- युवराज खत्री- १० लाख
पोखरा एभेन्जर्स
१- अभिषेक तिवारी- २ लाख
२- अर्जुन कुमाल- ५ लाख
३- कृष्ण पौडेल- २ लाख
४- सन्दीप खत्री क्षेत्री- २ लाख
FACEBOOK COMMENTS