काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन अगाडी सबै १० फ्रेन्चाइजी रिलिज गरेका खेलाडीको सुची सार्बजनिक गरेका छन् । आइपीलेले डिसेम्बर १६ मा अबुधाबीमा हुने मिनी अक्सन अघि फ्रेन्चाइजीहरुलाई रिलिज र रिटेन गर्ने खेलाडीको सुची आजसम्म सार्बजनिक गर्न समय दिएको थियो ।
आजै राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले हाई प्रोफाइल खेलाडी ट्रेड गरेका छन् । यस ट्रेड अन्तर्गत अलराउन्डर रवीन्द्र जडेजा र साम करनको सट्टा सञ्जु सामसनलाई चेन्नईले किनेको छ । जडेजा र कुरान राजस्थानका लागि खेल्ने छन् ।
त्यस्तै मोहमद शामीले सनराइजर्स हैदरावाद छोडेका छन् । शामीलाई लखनउले किनेको छ । त्यस्तै अर्जुन तेन्दुलकरले पनि मुम्बई इण्डियन्स छोडेका छन् । अर्जुनले मुम्बई छोडेर लखनउ गएका छन् । त्यस्तै स्पिनर मयंक मार्कन्डे आफ्नो पुरानै फ्रेन्चाइजी मुम्बई इण्डियन्समा फर्किएका छन् । मयंकलाई कोलकोताबाट मुम्बईले किनेको छ ।
आइपीएल फ्रेन्चाइजीले रिलिज गरेका खेलाडीको सूची:
राजस्थान रोयल्स:

कुनाल सिंह राठौर, नितिश राणा, सञ्जु सैमसन, वानिन्दु हसरंगा, महेश टेकश्ना, फजलहक फारुकी, आकाश मधवाल, अशोक शर्मा र कुमार कार्तिकेय ।

दिल्ली क्यापिटल्स:

फाफ डु प्लेसिस, जेक फ्रेजर म्याकगुर्क, डोनोभान फरेरा, सेदिकुल्लाह अटल, मनवन्त कुमार, मोहित शर्मा र दर्शन नाल्कांडे ।

लखनऊ सुपर जायन्ट्स:

आर्यन जुयल, डेभिड मिलर, युवराज चौधरी, राजवर्धन हेङ्गारकर, शार्दुल ठाकुर, आकाश दीप, रवि बिश्नोई र शमर जोसेफ ।
गुजरात टाइटन्स:
शेरफान रदरफोर्ड, महिपाल लोमरोर, करिम जनात, दासुन शानाका, जेराल्ड कोएत्जी र कुलवंत खेजरोलिया ।
सनराइजर्स हैदरावाद:
अभिनव मनोहर, अथर्व तायडे, सचिन बेबी, मोहम्मद शामी, वियान मुल्डर, सिमरजीत सिंह, राहुल चाहर र एडम जाम्पा ।
रोयल च्यालेन्जर्स बैंगलुरु:
स्वस्तिक चिकारा, मयंक अग्रवाल, टिम सेफर्ट, लियाम लिभिङस्टोन, मनोज भंडागे, लुंगी एनगिडी, ब्लेसिङ मुजरबानी र मोहित राठी ।
पञ्जाब किंग्स:
जोस इंग्लिस, आरोन हार्डी, ग्लेन म्याक्सवेल, कुलदीप सेन र प्रवीण दुबे ।
मुम्बई इण्डियन्स:
सत्यनारायण राजु, रिच टोपले, केएल श्रीजित, कर्ण शर्मा, अर्जुन तेन्दुलकर, बेभोन ज्याकब, मुजीब उर रहमान, लियाज विलियम्स र विग्नेश पुथुर ।
कोलकोता:
आन्द्रे रसेल, वेंकटेश अय्यर, क्विन्टन डी कक, मोइन अली र एनरिच नोर्टजे ।
चेन्नई सुपर किंग्स:
राहुल त्रिपाठी, वंश बेदी, आन्द्रे सिद्धार्थ, रचिन रविन्द्र, साम कुरान, रवीन्द्र जडेजा, विजय शंकर, दीपक हुडा, शेख राशिद, कमलेश नगरकोटी र मथिशा पाथिराना ।
FACEBOOK COMMENTS