काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो ।
लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए । ४३ बलमा उनले चार चौका र २ छक्का प्रहार गरेका थिए । उनी लुम्बिनीका सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गराए ।
FACEBOOK COMMENTS