काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
रोमाञ्चक खेलमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । विराटनगरको जितमा बसिर अहमदले अविजित ६२ रनको शानदार पारी खेलेका थिए । त्यस्तै नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हीजलेटले १६ रन बनाएका थिए ।
त्यस्तै कर्णालीका सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिएका थिए भने पवन सराफ, नन्दन यादव, विलियम बोसिस्टोले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पन्चलले सर्बाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८, गुलशन झाले २० र नाजिबुल्लाह जद्रानले १२ रन बनाए । त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लान्ग र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
यो जितपछि विराटनगरको ५ खेलमा ८ अंक भएको छ भने कर्णालीले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।


FACEBOOK COMMENTS