काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्
एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो । काठमाडौं भने दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
FACEBOOK COMMENTS