काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् ।
गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका थिए । बैठकमा अर्यालले भने– ’पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु ।’
क्यानले टिकट नपाएकाहरूले उद्घाटन खेल घरमै बसेर हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका छन् ।
भोलिदेखि मङ्सिर २७ गतेसम्म हुने एनपीएलको दोस्रो संस्करणको तयारी पुरा भएको क्यानले जानकारी दिएको छ । एनपीएलका खेल स्टार स्पोट्र्स र कान्तिपुर टिभीबाट प्रशारण हुने छन् भने ओटीटी प्लेफर्ममा डिश होमको गो एपमा सशुल्क प्रशारण हुदैछ । क्यानले यस पटक एनपीएलका खेल युट्युबमा प्रशारण नहुने जानकारी दिएको छ ।

FACEBOOK COMMENTS