काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर अन्तर्गतको खेलमा विराटनगर किंग्सले टस जितेको छ ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेर दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
FACEBOOK COMMENTS